१० मंसिर २०८१, सोमबार
विश्वभर अहिलेसम्म १४ करोडभन्दा धेरैले कोरोनालाई जितेका छन् ।
१६ करोड ३१ लाखभन्दा धेरै कोरोना संक्रमितमध्ये १४ करोड १४ लाख ६२ हजार संक्रमित निको भएर डिस्चार्ज भएका हुन् । अहिलेसम्म ३३ लाख ८३ हजारको ज्यान गएको छ ।
अहिले विश्वभर सक्रिय संक्रमितको सङ्ख्या १ करोड ८३ लाख रहेको छ । सक्रिय संक्रमितमध्ये ९९.४ प्रतिशत अर्थात् १ करोड ८२ लाखभन्दा धेरैको अवस्था सामान्य छ ।
०.६ प्रतिशत अर्थात १ लाख २ हजार ९५३ जनाको अवस्था गम्भीर छ । यस्तै नयाँ भेरियन्टसहितको कोरोना संक्रमण फैलिएका देशरुमा पनि संक्रमणदर कम हुँदै गएको छ । दोस्रो लहरको संक्रमणले सबैभन्दा धेरै प्रभावित भएको भारतमा केही दिनदेखि संक्रमितको संख्यामा कमी आएको छ ।
भारतमा आज ३ लाख १० हजार व्यक्तिमा संक्रमण पुष्टि भएको छ । भारतमा हिजो ३ लाख २५ हजार र अस्ति झण्डै साढे ३ लाख संक्रमित थपिएका थिए ।
यस्तै अमेरिका, ब्राजिल, फ्रान्स, बेलायतलगायत देशमा पनि संक्रमणको दर घट्दो क्रममा रहेको छ ।