मन्त्रिपरिषद् बैठक बस्दै

होमल्याण्ड खबर

२०७८ जेष्ठ ६ गते, बिहीबार १२:०४ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री ओलीले आज दिउँसो साढे २ बजे  प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले आजै दिउँसो २ बजे आकस्मिक स्थायी कमिटी बैठक बोलाएका छन् । सो बैठक लगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको तामाङले बताए ।

आज बस्ने नियमित मन्त्रिपरिषद् बैठकमा बजेट अधिवेशन , प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वासको मत लिने लगायतका विषयमा छलफल हुने उनले बताए ।