१० मंसिर २०८१, सोमबार
कोरोना भाइरसको उत्पतिबारे अमेरिका र चीनबीच फेरि तनाव उत्पन्न भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले इन्टेलिजेन्स एजेन्सीहरुलाई ९० दिनभित्र कोरोना भाइरसको उत्पति कहाँबाट भएको हो भनेर पत्ता लगाउन निर्देशन दिएका छन् ।
यसअघि मंगलबार अमेरिकी स्वास्थ्य मन्त्री जेवियर बेसेराले विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सभामा कोरोना भाइरसको उत्पति कहाँबाट भएको हो भनेर पारदर्शी जाँचका लागि संगठनलाई आग्रह गरेको सञ्चार माध्यमले जनाएका छन् ।
कोरोना भाइरसको महामारी फैलिएको झन्डै डेढ वर्ष बितिसक्दा पनि यसको उत्पतिबारे कुनै ठोस प्रमाण फेला पर्न सकेको छैन । कोरोनाको पहिलो केस भने २०१९ को डिसेम्बर ३१ मा चीनको वुहान सहरमा फेला परेको थियो ।