९ मंसिर २०८१, आईतवार
एनसेल आजियाटा लिमिटेडले ग्राहकका लागि थप आकर्षक सेवा सुविधाकासाथ आफ्नो नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ। ग्राहकले अब वेबसाइटबाटै सजिलै भ्वाइस प्याक, डेटा प्याक खरिद, अनलाइन रिचार्जलगायत सेवाहरु लिन सक्छन्। यो नयाँ वेबसाइटलाई वेबएपको रुपमा स्मार्टफोनमा राखी उपलब्ध विविध सुविधाको फाइदा लिन सकिन्छ।
ग्राहक सेवालाई अझै परिस्कृत गर्दै लाने उद्देश्यअनुरुप सञ्चालनमा ल्याइएको नयाँ वेबसाइट एनसेलको डिजिटल अभियानअन्तर्गतको एक कार्य हो। यसै अन्तर्गत एनसेलले विविध सेवा सुविधासहितको सेल्फ केयर एप एनसेल एपको नयाँ संस्करण सञ्चालनमा ल्याइसकेको छ।
कोरोना महामारीले गर्दा घर–घरमै बस्न पर्ने अहिलेको परिस्थितिमा आफ्ना परिवार, साथीभाइ, आफन्त र प्रियजनसँग सम्पर्कमा रहिरहन सञ्चार सेवामाथिको पहुँच निकै आवश्यक हुने भएकाले नयाँ वेबसाइटका सुविधा र अफरले ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ।
ग्राहकको सुविधालाई ध्यानमा राख्दै चाँडै नयाँ वेबसाइटको नेपाली संस्करण पनि सार्वजनिक गरिनेछ। ग्राहकले सञ्चालनमा रहेको अनलाइनको खुसी अभियान अन्तर्गत पनि नयाँ वेबसाइटबाट सेवा खरिद गर्दा पाइने विभिन्न विशेष अफरबाट फाइदा लिन सक्छन्। यी अफर हालको कठिन समयमा ग्राहकलाई घरमै बसी कार्यालयको काम गर्न, अनलाइन कक्षा गर्नलगायत कार्यलाई सहज बनाउने उद्देश्यसाथ ल्याइएका हुन्।