एनसेलको नयाँ वेबसाइटमा आकर्षक थप सुविधा

होमल्याण्ड खबर

२०७८ जेष्ठ १६ गते, आईतवार १५:३२ मा प्रकाशित

एनसेल आजियाटा लिमिटेडले ग्राहकका लागि थप आकर्षक सेवा सुविधाकासाथ आफ्नो नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ। ग्राहकले अब वेबसाइटबाटै सजिलै भ्वाइस प्याक, डेटा प्याक खरिद, अनलाइन रिचार्जलगायत सेवाहरु लिन सक्छन्। यो नयाँ वेबसाइटलाई वेबएपको रुपमा स्मार्टफोनमा राखी उपलब्ध विविध सुविधाको फाइदा लिन सकिन्छ।

ग्राहक सेवालाई अझै परिस्कृत गर्दै लाने उद्देश्यअनुरुप सञ्चालनमा ल्याइएको नयाँ वेबसाइट एनसेलको डिजिटल अभियानअन्तर्गतको एक कार्य हो। यसै अन्तर्गत एनसेलले विविध सेवा सुविधासहितको सेल्फ केयर एप एनसेल एपको नयाँ संस्करण सञ्चालनमा ल्याइसकेको छ।

नयाँ वेबसाइटबाट प्याक खरिद गर्ने ग्राहकका लागि प्याकको खरिदमा शतप्रतिशतसम्म थप भोल्युमसहितका आकर्षक अफर पनि रहेका छन्। यस कोरोना महामारीबीच ग्राहकले घरबाटै आफ्नो आवश्यकताअनुसार सेवा वेबसाइटमार्फत खरिद गर्न सक्छन्। विशेष अफरअन्तर्गत ग्राहकले वेबसाइटमार्फत प्याकको खरिदमा १५० एमबीदेखि २ जीबीसम्म बोनस डेटाको फाइदा लिन सक्छन्।
बोनस १ दिनको प्याक (रु १८), ७ दिनको प्याक (रु ९८), १४ दिनको प्याक (रु १३९) लागू रहेको छ भने ट्रिपल मजाअन्तर्गत ७ दिनको प्याक (रु १०९), १० दिनको प्याक (रु १४७) र ३० दिनको प्याक (रु ४५९) मा थप ०.५ जीबी देखि ०.७५ जीबीसम्म बोनस डेटाको योजना रहेको छ। त्यसैगरी, ग्राहकले केही प्याकमा डबल डेटा पाउँछन् र अलवेज अन डेटा प्याक खरिद गर्दा तीन गुणा बढी डे डेटा पाउँछन्।

कोरोना महामारीले गर्दा घर–घरमै बस्न पर्ने अहिलेको परिस्थितिमा आफ्ना परिवार, साथीभाइ, आफन्त र प्रियजनसँग सम्पर्कमा रहिरहन सञ्चार सेवामाथिको पहुँच निकै आवश्यक हुने भएकाले नयाँ वेबसाइटका सुविधा र अफरले ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ।

ग्राहकको सुविधालाई ध्यानमा राख्दै चाँडै नयाँ वेबसाइटको नेपाली संस्करण पनि सार्वजनिक गरिनेछ। ग्राहकले सञ्चालनमा रहेको अनलाइनको खुसी अभियान अन्तर्गत पनि नयाँ वेबसाइटबाट सेवा खरिद गर्दा पाइने विभिन्न विशेष अफरबाट फाइदा लिन सक्छन्। यी अफर हालको कठिन समयमा ग्राहकलाई घरमै बसी कार्यालयको काम गर्न, अनलाइन कक्षा गर्नलगायत कार्यलाई सहज बनाउने उद्देश्यसाथ ल्याइएका हुन्।