६ जेष्ठ २०८३, बुधबार
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले कांग्रेसका कारण नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) विभाजन उन्मुख भएको बताएका छन्।
मन्त्री भानुभक्त ढकालले आज न्युज एजेन्सीसँग कुरा गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले र जसपा विभाजन गराउने उद्देश्यले प्रधानमन्त्रीमा दाबी गरेको
आरोप लगाएका छन् ।


ताजा जनादेशमा जानुको विकल्प नभएको बताउँदै उनले सरकारले स्वस्थ, मर्यादित, अनुशासित, पारदर्शि र भयरहित निर्वाचन गराउने भन्दै सबैलाई ढुक्क हुन आग्रह गरे ।