एमाले र जसपा विभाजनको कारण कांग्रेस हो: मन्त्री ढकाल

होमल्याण्ड खबर

२०७८ जेष्ठ १७ गते, सोमबार १६:०० मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले कांग्रेसका कारण नेकपा एमाले र  जनता समाजवादी पार्टी (जसपा) विभाजन उन्मुख भएको बताएका छन्।

मन्त्री भानुभक्त ढकालले आज न्‍युज एजेन्सीसँग कुरा गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले र जसपा विभाजन गराउने उद्देश्यले प्रधानमन्त्रीमा दाबी गरेको
आरोप लगाएका छन् ।

कांग्रेसले अन्य पार्टीको आन्तरिक मामिलामा भाँजो हाल्ने काम गरेको आरोप लगाउँदै उनले दलीय व्यवस्थामा आफूलाई अरु दलको समर्थन छ भन्नु गैर लोकतान्त्रिक भएको दाबी गरे ।

ताजा जनादेशमा जानुको विकल्प नभएको बताउँदै उनले सरकारले स्वस्थ, मर्यादित, अनुशासित, पारदर्शि र भयरहित निर्वाचन गराउने भन्दै सबैलाई ढुक्क हुन आग्रह गरे ।