काठमाडौं उपत्यकामा जेठ महिनाभरी निषेधाज्ञा गर्ने निर्णय

होमल्याण्ड खबर

२०७८ जेष्ठ १९ गते, बुधबार १४:१६ मा प्रकाशित

काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणको लागि लगाइएको निषेधाज्ञा जेठ ३१ गतेसम्म जारी राखिने भएको छ ।

आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा कोरोना संक्रमण दर घट्दै गए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै जेठ अन्तिमसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

तीनवटै जिल्लाका प्रमुखहरुको हिजो बसेको भर्चुअल बैठकले निषेधाज्ञाको समय थप्दै केही खुकुलो बनाउने निष्कर्ष निकालेको थियो । सोही निष्कर्षलाई आधिकारिकता दिन आज बैठक बस्नेको हो ।

जनजीवन कष्टकर बन्दै गएकाले जेठ २० गतेपछिको निषेधाज्ञाको मोडालिटी परिवर्तन गरी सहजीकरण गरिने गरी  निषेधाज्ञा थपिएको हो ।

यसअघिबैशाख १६ देखि जारी निषेधाज्ञाको अवधि भोलि मध्यरातिबाट सकिँदै छ ।