६ जेष्ठ २०८३, बुधबार
काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणको लागि लगाइएको निषेधाज्ञा जेठ ३१ गतेसम्म जारी राखिने भएको छ ।
आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा कोरोना संक्रमण दर घट्दै गए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै जेठ अन्तिमसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।


जनजीवन कष्टकर बन्दै गएकाले जेठ २० गतेपछिको निषेधाज्ञाको मोडालिटी परिवर्तन गरी सहजीकरण गरिने गरी निषेधाज्ञा थपिएको हो ।
यसअघिबैशाख १६ देखि जारी निषेधाज्ञाको अवधि भोलि मध्यरातिबाट सकिँदै छ ।