१० मंसिर २०८१, सोमबार
युरोपेली च्याम्पियनसिप अघिको अन्तिम तयारी खेलमा विश्वविजेता फ्रान्सले फराकिलो जित निकालेको छ । पेरिसमा मंगलबार राति भएको खेलमा बुल्गेरियालाई ३–० गोलले हराउँदै फ्रान्स विजयी भएको हो ।
फ्रान्सका लागि ओलिभर जिरुडले दुई तथा एन्टोइन ग्रिजमनले एक गोल गरेका थिए ।
त्यसपछि दोस्रो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जिरुडले व्यक्तिगत दोस्रो गोल गरेसँगै फ्रान्स ३–० गोलले विजयी भएको हो । अब समूह ‘एफ’ मा रहेको फ्रान्सले अर्काे साता जर्मनीसँग खेल्दै युरोकपको सुरुवात गर्नेछ ।
त्यसपछि १९ जुनमा हंगेरी र २३ जुनमा पोर्चुगलसँग खेल्नेछ । युरोकपमा छनोट हुन असफल बुल्गेरियाले अब आगमी सेप्टेम्वरमा विश्वकप छनोट खेल्नेछन् ।