फ्रान्सद्वारा बुल्गेरिया पराजित

होमल्याण्ड खबर

२०७८ जेष्ठ २६ गते, बुधबार ०९:२४ मा प्रकाशित

युरोपेली च्याम्पियनसिप अघिको अन्तिम तयारी खेलमा विश्वविजेता फ्रान्सले फराकिलो जित निकालेको छ । पेरिसमा मंगलबार राति भएको खेलमा बुल्गेरियालाई ३–० गोलले हराउँदै फ्रान्स विजयी भएको हो ।

फ्रान्सका लागि ओलिभर जिरुडले दुई तथा एन्टोइन ग्रिजमनले एक गोल गरेका थिए ।

खेलको १९औं मिनेटमा फ्रान्सका ग्रिजमनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।  यस्तै ८३औं मिनेटमा जिरुडले गोल गर्दै फ्रान्सको अग्रतालाई दोब्बर पारे ।

त्यसपछि दोस्रो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जिरुडले व्यक्तिगत दोस्रो गोल गरेसँगै फ्रान्स ३–० गोलले विजयी भएको हो । अब समूह ‘एफ’ मा रहेको फ्रान्सले अर्काे साता जर्मनीसँग खेल्दै युरोकपको सुरुवात गर्नेछ ।

त्यसपछि १९ जुनमा हंगेरी र २३ जुनमा पोर्चुगलसँग खेल्नेछ । युरोकपमा छनोट हुन असफल बुल्गेरियाले अब आगमी सेप्टेम्वरमा विश्वकप छनोट खेल्नेछन् ।