थप ४३४४ जनामा कोरोना पुष्टि, ८१ जनाको मृत्य

होमल्याण्ड खबर

२०७८ जेष्ठ २६ गते, बुधबार १७:०४ मा प्रकाशित

नेपालमा थप ४ हजार ३४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको  १२ हाजर ७४ जनाको पीसीआर परीक्षणबाट ३ हजार ४४९ र ४ हजार ५६४ एन्टिजेन परीक्षणमा  ८९५ जना गरी ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालबाट ५ हजार ७६८ जना संक्रमितले कोरोना भाइरसलाई जितेको मन्त्रालयले जनाएको छ ।