१० मंसिर २०८१, सोमबार
चीनले एशिया प्रशान्त क्षेत्रका मुलुकको बेल्ट एण्ड रोड इनिसियटिभ ९बीआरआई० मा केन्द्रित रहेर सम्मेलन आयोजना गरेको छ । चिनले नेपालसहित एशिया प्रशान्त मुलुकका परराष्ट्र र अर्थमन्त्रीसँग आज सम्मेलन गरेको हो ।
विश्वका धनी मुलुकहरुको जी–७ ले बी–३ डब्ल्यू परियोजना अगाडि सारेपछि चीनले एशिया प्रशान्तका ३० देशका प्रतिनिधिसँग बीआरआई र कोरोना महामारीबारे छलफल गरेको हो । नेपालको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल सहभागि भएको थिए । सम्मेलनलाई सम्बोधन गर्दै पौडेलले कोरोना महामारीलाई पराजित गर्न विश्वव्यापी सहकार्य, एकता र ऐक्यवद्धता आवश्यक रहेको बताए ।
संयुक्त राष्ट्रसंघ र अन्य विभिन्न संस्थाका प्रतिनिधिहरु सहभागी सम्मेलनमा चिनियाँ राष्ट्रपति सि जिनपिङले लिखित सन्देश पठाएका थिए । चिनियाँ विदेशमन्त्री वाङ यीले कार्यक्रमको अध्यक्षता गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सिले चीनले अन्य मुलुकहरुसँग बीआरआई मार्फत सहकार्य गर्न चाहेको बताए । । उनले चीनले अगाडि सारेको सिल्क रोडलाई अगाडि बढाउनुपर्ने उल्लेख गरेका थिए ।