६ जेष्ठ २०८३, बुधबार
जल तथा मौसम विज्ञान विभागले आज प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहने जनाएको छ ।
विभागका अनुसार मनसुनी वायुकै प्रभावले आज विशेष गरी प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ ।


यस्तै आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ ।
विभागले भारी वर्षाको सम्भावना रहेका प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।