पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

होमल्याण्ड खबर

२०७८ असार १२ गते, शनिबार ०७:५७ मा प्रकाशित

जल तथा मौसम विज्ञान विभागले आज प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहने जनाएको छ ।

विभागका अनुसार  मनसुनी वायुकै प्रभावले आज विशेष गरी प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ ।

यी स्थानहरुमा मेघगर्जन र चट्यांगसहित वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ । यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि सामान्य वर्षा हुने जनाइएको छ ।

यस्तै आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले  जनाएको छ ।

विभागले भारी वर्षाको सम्भावना रहेका प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।