१० मंसिर २०८१, सोमबार
स्थापनाको २७ वर्षपछि जेफ बेजोसले सोमबार अमेजनको प्रमुखबाट राजीनामा दिएका छन् । प्रमुख कार्यकारीको पद एन्डी जेसीलाई हस्तान्तरण गर्ने घोषणा समेत गरेका छन् । अमेजनलाई डिजिटलरुपमा पुस्तक विक्रीको प्लेटफर्मको रुपमा विकास गरेका बेजोसले कम्पनीको सेयर मूल्य १.७५ ट्रिलियन डलर पुर्याएका थिए ।
कम्पनी हाँकेको झन्डै २० वर्षपछि बेजोसले अमेजनलाई निरन्तरता नदिने बताएका हुन् । वासिङ्टन पोस्ट, स्पेस कम्पनी ब्लु ओरिजिनजस्ता कम्पनी र समाजसेवामा आफू व्यस्त हुने भन्दै उनले अमेजन छाड्न चाहेको कुरा गत फेब्रुअरीमै गरेका थिए । त्यतिबेला सीईओको पदलाई प्रमुख कार्यकारीको पदमा रुपान्तरण गर्ने उनको भनाइ थियो ।