५ जेष्ठ २०८३, मंगलवार
पाल्पामा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ । गएराति भएको घटनामा एक बालक वेपत्ता भएका छन् भने सात जना घाइते भएका छन्
पाल्पाको तिनाउ गाउँपालिका–५ केराबारी नजिकै हिउँदे खोला भन्ने गाउँमा गएको पहिरोले ५ वटा घर बगाएको छ । पहिरोले घर पुरिँदा ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।


घाइते भएकाहरुलाई कल्याणी आधारभुत विद्यालयमा राखेर उपचार भैरहेको र विस्थापितहरुलाई पनि सोही विद्यालयमा राखिएको छ ।
पहिरोले स्थानीय नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर बगाएको छ ।