पाल्पामा पहिरोले ५ घर पुरिए, एकजनाको मृत्यु, एक बेपत्ता

होमल्याण्ड खबर

२०७८ असार २४ गते, बिहीबार ०९:४७ मा प्रकाशित

पाल्पामा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ । गएराति भएको घटनामा एक बालक वेपत्ता भएका छन् भने सात जना घाइते भएका छन्

पाल्पाको तिनाउ गाउँपालिका–५ केराबारी नजिकै हिउँदे खोला भन्ने गाउँमा गएको पहिरोले ५ वटा घर बगाएको छ । पहिरोले घर पुरिँदा ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोले घर पुरिँदा सोही ठाउँकी पुजा परियारका चार वर्षीय छोरा बेपत्ता भएको पाल्पाका प्रहरी प्रमुख डिएसपी रामेश्वर ट्वाँटीले जानकारी दिए ।

घाइते भएकाहरुलाई कल्याणी आधारभुत विद्यालयमा राखेर उपचार भैरहेको र विस्थापितहरुलाई पनि सोही विद्यालयमा राखिएको छ ।

पहिरोले स्थानीय नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर बगाएको छ ।