ट्रम्पद्वारा अमेरिकी प्रबिधि कम्पनीविरुद्ध मुद्दा दायर

होमल्याण्ड खबर

२०७८ असार २४ गते, बिहीबार १७:३० मा प्रकाशित

एजेन्सि । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले गुगल, ट्वीटर र फेसबुकविरुद्ध मुद्दा दायर गरेका छन् । गुगल, ट्वीटर र फेसबुकले ट्रम्पलाई प्रतिबन्ध लगाएको छ । त्यसैले उनले मुद्दा दायर गरेका हुन् । ट्रम्पले यी कम्पनीका सीईओहरुलाई विपक्षी बनाएका छन् ।

ट्रम्पले फ्लोरिडास्थित सङ्घीय अदालतमा मुद्दा दायर गरेका छन् । मुद्दा हाल्दै उनले आफ्नो कदमलाई अभिव्यक्ति स्वतन्त्रताका लागि राम्रो कदम भएको बताएका छन् । ट्रम्पले आफ्नो मुद्दामा सेन्सरसीपलाई रोक्न माग गरेका छन् ।

मुद्दा दायर गरेपछि पत्रकार सम्मेलनमा बोल्दै उनले सामाजिक सञ्जाल कम्पनीहरू र सत्तारुढ डेमोक्र्याटहरूको आलोचना गरेका थिए । उनले भने, ‘हामी चुप लगाउनेलाई रोक्ने, कालो सूचीमा राख्ने र गालीगलौज गर्ने कामको अन्त्य होस् भन्ने चाहन्छौँ । यो तपाईँहरूलाई पनि थाहा छ । यदि उनीहरूले राष्ट्रपतिलाई प्रतिबन्ध लगाउन सक्छन् भने जोसुकैलाई त्यसो गर्न सक्छन् ।’

तर, कानूनी विज्ञहरुले ट्रम्प मुद्दाबारे आलोचना गरेका छन् ।