कोरोना भाइरसको अझै खतरनाक भेटियन्ट फैलन सक्छ : डब्लुएचओ

होमल्याण्ड खबर

२०७८ श्रावण १ गते, शुक्रबार ११:१४ मा प्रकाशित

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले विश्वमा कोरोना भाइरसको अझै खतरनाक भेरियन्ट फैलन सक्ने चेतावनी दिएको छ ।

डब्ल्यूएचओको इमरजेन्सी कमिटीले सो भेरियन्ट फैलिएपछि यसलाई रोक्न निकै मुस्किल हुने पनि जनाएको छ ।

डब्लुएचओले अहिले विश्वमा कोरोना महामारी सकिन लागेको भन्ने गलत हल्ला फैलाइएको भन्दै यसप्रति सचेत रहन पनि आग्रह गरेको छ ।

डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस एड्नाम ग्रेब्रिसियसले कोरोनाको महामारी सकिनु त परको कुरा महामारी नजिक समेत नपुगेको स्पष्ट पारेका छन् । डब्लुएचओले कोरोनाको सङ्क्रमण पहिलेको तुलनामा केही कम मात्रै भएको जनाएको छ ।

विश्वमा अहिले १८ करोड ९७ लाखभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण भएको छ भने ४० लाख ८३ हजारभन्दा धेरैको मृत्यु भएको छ ।