मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ आजबाट खुला

होमल्याण्ड खबर

२०७८ श्रावण १४ गते, बिहीबार ११:४१ मा प्रकाशित

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आजबाट सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

कम्पनीले निष्काशन गर्न लागेको कूल शेयरमध्ये १४ हजार ७२६ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । बाँकी ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओमा आजदेखि छिटोमा साउन १८ र ढिलोमा साउन २८ गतेसम्ममा आईपिओमा आवेदन दिन सकिनेछ ।