९ मंसिर २०८१, आईतवार
मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आजबाट सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
आईपीओमा आजदेखि छिटोमा साउन १८ र ढिलोमा साउन २८ गतेसम्ममा आईपिओमा आवेदन दिन सकिनेछ ।