१० मंसिर २०८१, सोमबार
अफगानिस्तानको राजधानी काबुलमा तालिबानको नियन्त्रणपश्चात् चीनले सोमबार आफू तालिबानसँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न इच्छुक भएको बताएको छ । समाचार एजेन्सी एएफपीका अनुसार चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिंगले भनिन्, ‘अफगानका मानिसहरु आफ्नो भाग्यको निर्णय आफैंले गरुन् ।
चीनले उनीहरुको यो अधिकारको इज्जत गर्छ । चीन अफगानसँग मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध विकसित गर्ने दिशामा अघि बढाउनका लागि इच्छुक छ ।’ यसअघि चीनले अफगानिस्तानमा आफ्नो दूतावास खुल्ला रहने संकेत दिएको थियो । चीनले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई पनि घरभित्रै बस्न र स्थितिप्रति सचेत रहन आग्रह गरेको छ ।