तालिवानद्वारा सरकारी कर्मचारीलाई आममाफीको घोषणा, काममा फर्कन आग्रह

होमल्याण्ड खबर

२०७८ भाद्र १ गते, मंगलवार १२:५९ मा प्रकाशित

अफगान सत्ता नियन्त्रणमा लिएको तालिवानले सबै सरकारी कर्मचारीलाई आममाफी दिने घोषणा गरेको छ । काबुल नियन्त्रणमा लिएको दुई दिनपछि तालिवानले सबै सरकारी कर्मचारीलाई काममा फर्कन आग्रह गरेको हो ।

‘हामीले सबैलाई आममाफी दिने घोषणा गरेका छौं । अब तपाईंहरुले पूर्ण आत्मविश्वासका साथ काममा फर्कनुपर्छ’ तालिवानद्वारा जारी वक्तव्यमा उल्लेख छ । सत्ता नियन्त्रणमा लिएपछि यतिबेला तालिवानी नेताहरु सरकार गठनको गृहकार्यमा जुटेका छन् ।

केही दिनभित्रै अफगानिस्तानमा नयाँ सरकार बन्ने तालिवानको भनाई छ । अघिल्ला राष्ट्रपति असरफ घानी सरकारको मातहतमा रहेर काम गरेका सरकारी कर्मचारी त्रासका कारण काममा फर्किएका थिएनन् ।