१० मंसिर २०८१, सोमबार
अफगानिस्तानमाथि कब्जापछि तालिबान लगातार आफ्नो सुधारवादी छवि देखाउने कोसिस गरिरहेको छ । यसै अन्तर्गत उसले आफूलाई खेल विरोधी नभएको सन्देश दिएका छन् । तालिबनले आफ्नो ट्वीटर अकाउन्टमा आफ्ना नेता र राष्ट्रिय क्रिकेट टिमका कप्तानसँग खिचएको एउटा तस्बिर पोस्ट गरेको छ ।
ट्वीटरमा लेखिएको छ, ‘इस्लामी इमिरेटका राजनीतिक ब्यूरोका सदस्य अनक हक्कानीले राजधानी काबुलमा अन्तर्राष्ट्रिय क्रिकेट टिमका कप्तानसँग भेटघाट गरेका छन् । उनीहरुले भविष्यका कार्यक्रम र टीमको प्रदर्शन र मानकलाई उत्कृष्ट बनाउने दिशामा कुराकानी गरेका छन् ।’ एजेन्सी