खाद्य सङ्कटकालको घोषणा गर्नुपर्ने अवस्था छैन : श्रीलंका

होमल्याण्ड खबर

२०७८ भाद्र १८ गते, शुक्रबार १४:२४ मा प्रकाशित

एजेन्सी । श्रीलङ्कामा खाद्यान्नको सङ्कट भएको भनी प्रकाशित समाचारहरुप्रति त्यहाँको सरकारले खण्डन गरेको छ । श्रीलङ्काली सरकारले यहाँ खाद्यान्नको आपूर्ति नभएको र त्यहाँ अहिले नै खाद्य सङ्कटकालको घोषणा गर्नुपर्ने अवस्था पनि नरहेको बताएको हो ।

हालै मात्र त्यहाँका केही सञ्चारमाध्यमले यहाँ खाद्यान्नको अभाव भएको र श्रीलङ्काली सरकारले यहाँ खाद्य सङ्कट घोषणा गर्न लागेको बताएका थिए । तर पनि त्यस्तो अवस्था नरहेको यहाँको सरकारले जनाएको छ । त्यहाँका बजार तथा उद्योग विकासमन्त्री अजित निब्रद काबरालले यहाँ त्यस्तो अवस्था नरहेको र यस्तो घोषणा गर्नुपर्ने अवस्था पनि नआएको बताएका छन ।

उनले हाल यहाँ श्रीलङ्कामा नै उत्पादित चिनी र चामल उपलब्ध रहेको र यहाँको बजारमा कुनै पनि खाद्यान्नको अभाव भएको भनी कुनै रिपोर्ट सरकारलाई नआएको बताए ।