३० कार्तिक २०८१, शुक्रबार
चाडपर्वको मौसम नजिकिएसंगै प्रोटोनले आकर्षक अफरहरुले भरिपूर्ण ‘दशैँ-दक्षिणा’ योजना ग्राहक समक्ष प्रस्तुत गरेको छ। निकै नै उत्कृष्ट तथा खेर जान दिनै नसकिने अफरहरु सहितको यो योजना भदौ १७ गते सुरु भएर चाडपर्वको मौसम जारी रहुन्जेलसम्म निरन्तर रहने कम्पनीले जनाएको छ ।
यस योजना अन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स ७० गाडीको खरिदमा १-२ लाखसम्म मात्र नभएर ६ लाख सम्मको अफरयुक्त दक्षिणा प्राप्त गर्न सक्नेछन् । जस अन्तर्गत कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ प्रोटोन एक्सचेन्ज गरेमा ग्राहकले रू ५०,००० देखि २,००,००० सम्म एक्सचेन्ज बोनस स्वरुप स्वरुप प्राप्त गर्न सक्नेछन् । यसैगरी पुरै पैसा तिरेर नयाँ सवारी किन्न इच्छुक ग्राहकको लागि यस योजनाले रू ५०,००० देखि रू २,५० ,००० सम्म छुटको व्यवस्था गरेको छ ।
चाडपर्वको अवसरमा अफर समायोजन नगरी प्रोटोन सागाको सुरुवाती मूल्य रू ३७,९९,००० राखिएको छ भने प्रोटोन एक्स ७० को सुरुवाती मुल्य रू ८६,९९,००० तोकिएको छ । यो योजना प्रोटोनका काठमाडौं, पोखरा र बुटवलमा रहेका सोरुममा लागु हुनेछ ।
प्रोटोन अटोमोबाइल कम्पनी छोटो समयमा प्रशिद्धी कमाउन सफल मलेसियाको राष्ट्रिय अटोमोबाइल कम्पनी रहेको हो । जसले १९८५ मा प्रोटोन साँगाकै रुपमा आफ्नो प्रथम गाडी बजारमा ल्याएको थियो । त्यसपश्चात एकपछि अर्को गर्दै विभिन्न नयाँ मोडलहरु स्वदेशी तथा विदेशी बजारमा विक्री–वितरण गर्दै सफलता हाँसिल गरेको प्रोटोनका गाडीहरु हाल संसारका ७० भन्दा धेरै मुलुकहरुमा देख्न सकिन्छ । यसका लगभग ४.४ मिलियन प्रयोगकर्ता रहेको कम्पनीको दाबी छ ।