४ जेष्ठ २०८३, सोमबार
कार्टुनिष्ट रविन सायमीले सरकारले दिन लागेको पदक नलिने घोषणा गर्नुभएको छ । सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै सायमीले सरकारले दिन लागेको विभुषण हाललाई ग्रहण नगर्ने निर्णय गरेको जनाएका छन् ।
‘सरकारले मलाई ‘प्रवल जनसेवा श्री’ बाट विभुषित गर्ने निर्णय गरेको रहेछ । तर हाललाई यो विभुषण ग्रहण नगर्ने निर्णय गरेको छु ।’,उनले लेखका छन्।


संविधान दिवस २०७८ को अवसरमा सरकारले सायमीलाई ‘प्रवल जनसेवा श्री’बाट विभूषित गर्ने निर्णय गरेको थियो ।