कार्टुनिष्ट रविन सायमीले सरकारले दिएको विभुषण नलिने घोषणा

होमल्याण्ड खबर

२०७८ आश्विन ३ गते, आईतवार ११:१९ मा प्रकाशित

कार्टुनिष्ट रविन सायमीले सरकारले दिन लागेको पदक नलिने घोषणा गर्नुभएको छ । सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै सायमीले सरकारले दिन लागेको विभुषण हाललाई ग्रहण नगर्ने निर्णय गरेको जनाएका छन् ।

‘सरकारले मलाई ‘प्रवल जनसेवा श्री’ बाट विभुषित गर्ने निर्णय गरेको रहेछ । तर हाललाई यो विभुषण ग्रहण नगर्ने निर्णय गरेको छु ।’,उनले लेखका छन्।

संविधान दिवस २०७८ को अवसरमा सरकारले सायमीलाई ‘प्रवल जनसेवा श्री’बाट विभूषित गर्ने निर्णय गरेको थियो ।