१० मंसिर २०८१, सोमबार
जर्मनीमा आज निर्वाचन हुँदैछ । आजै आउने मतपरिणामपछि १६ वर्ष चान्सलरका रुपमा सत्ता बागडोर सम्हालेकी एंगेला मर्केलको औपचारिक विदाई हुनेछ । ६८ वर्षी चान्सलर मर्केलले चुनाव नै नलड्ने घोषणा गरेकाले अब उनीपछिको उत्तराधिकारी को होला भन्ने चासो छ ।
चान्सलरका लागि तीन जना उम्मेदवार प्रतिस्पर्धामा छन् । एङ्गेला मर्केलको क्रिश्चियन डेमोक्रेटिक युनियनका आर्मिन ल्यानसेट, फ्री डेमोक्रेटिक पार्टीका क्रिस्टियन लिन्डनर र ग्रिन पार्टीकी एनालिना बेरबोकबीच प्रतिस्पर्धा हुँदैछ । जर्मनीमा ६ करोडभन्दा बढी मतदाता छन् । त्यहाँ प्रत्यक्ष र समानुपातिक गरी मिश्रित चुनाव प्रणाली छ । जर्मनीको तल्लो सदनमा ५ सय ९८ जना सदस्य चयन गर्नेछन् । तिनै सदस्यले बहुमतको आधारमा जर्मन चान्सलर चुन्नेछन् ।