१० मंसिर २०८१, सोमबार
तालिबानले अफगानिस्तानको हेलमन्ड प्रान्तमा दाह्री काट्नमा रोक लगाएको छ । हेलमण्ड प्रान्तको सैलुनबाहिर चेतावनीसहितको सूचना टाँसेर कपाल र दाह्री काट्ने विषयमा शरिया कानुन पालना गर्न निर्देशन दिइएको छ ।
दाह्री काट्नु इस्लामिक कानुनको उल्लंघन भएको भन्दै तालिबानले दाह्री काट्नमा रोक लगाउने निर्णय गरेको हो ।
तालिबानको धार्मिक प्रहरीले यो नियम पालना नगर्नेलाई सजाय दिइने बताएको छ । तालिबानले पुनः अर्को कडा कानुन लगाउन सुरु गरेको छ ।
यसअघि शनिबारमात्र तालिबानले व्यवसायीको अपहरणमा संलग्न रहेको आरोपमा चार जनालाई मारेर उनीहरुको शव सार्वजनिक स्थानमा झुण्ड्याएको समाचार आएको थियो ।