पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा २६६, भक्तपुरमा ३१ र ललितपुरमा ६२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ४ हजार ४०८ पुगेको छ ।