उपत्यकामा ३५९ जना कोरोना संक्रमित थपिए

होमल्याण्ड खबर

२०७८ आश्विन १५ गते, शुक्रबार १७:२८ मा प्रकाशित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा २६६, भक्तपुरमा ३१ र ललितपुरमा ६२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ४ हजार ४०८ पुगेको छ ।