१० मंसिर २०८१, सोमबार
एजेन्सी -उत्तर इटालीको सहर मिलानमा रहेको खाली अफिस भवनमा निजी विमान खस्दा त्यसमा सवार ८ जनाको मृत्यु भएको छ ।
सार्डिनिया टापुका लागि मिलानको लिनाते विमानस्थलबाट उडान भरेको सो विमान केही बेरमा नै दुर्घटनाग्रस्त बनेको इटालियन मिडियाले जनाएको छ ।
विमानका चालक ६८ वर्षीय रोमानियन अर्बपति डान पेट्रेस्कु रहेको र उनीसँगै उनको पत्नी र छोराको पनि मृत्यु भएको छ । पेट्रेस्कु रोमानिया सबैभन्दा धनी व्यक्तिहरु मध्येमा पर्दछन् ।
दुर्घटनापछि अफिस भवन र पार्किङ गरिएका गाडीमा आगलागी भए पनि जमिनमा रहेका कोही घाइते भएनन् ।
केही प्रत्यक्षदर्शीले एकल इन्जिन रहेको पिलाटस पीसी–१२ विमानमा दुर्घटनाअघि नै आगोका लप्काहरु देखिएको बताएका छन् भने दुर्घटनाको कारणबारे छानबिन सुरु गरिएको छ ।