३ जेष्ठ २०८३, आईतवार
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक बोलाएका छन् ।
प्रधानन्यायाधीश जबराले आज दिउँसो १ बजे सर्वोच्चका न्यायाधीशहरुको पूर्ण बैठक ‘फुल कोर्ट’ बोलाएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिएका हुन्।


आजको बैठकमादसैं बिदाको अवधिमा मुद्दा सुनवाइ गर्ने न्यायाधीशहरुको नाम तय गर्ने लगायतका एजेण्डामाथि छलफल हुने सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।
सर्वोच्च अदालतमा घटस्थापनादेखि दसैं बिदा हुन्छ । तर बन्दीप्रत्यक्षीकरण लगायतका अत्यावश्यक मुद्दाको सुनुवाइ भने जारी रहन्छ । सुनवाइका लागि निश्चित न्यायाधीशलाई जिम्मा दिने गरिन्छ ।