प्रधानन्यायाधीश जबराले बोलाए सर्वोच्चको पूर्ण बैठक

होमल्याण्ड खबर

२०७८ आश्विन १९ गते, मंगलवार १२:१० मा प्रकाशित

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक बोलाएका छन् ।

प्रधानन्यायाधीश जबराले आज दिउँसो १ बजे सर्वोच्चका न्यायाधीशहरुको पूर्ण बैठक  ‘फुल कोर्ट’ बोलाएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिएका हुन्।

प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा भाग खोजेको समाचार आइरहेका बेला न्यायाधीशहरुको पूर्ण बैठक बस्नुलाई महत्वकासाथ हेरिएको छ ।

आजको बैठकमादसैं बिदाको अवधिमा मुद्दा सुनवाइ गर्ने न्यायाधीशहरुको नाम तय गर्ने लगायतका एजेण्डामाथि छलफल हुने सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले  जानकारी दिए ।

सर्वोच्च अदालतमा घटस्थापनादेखि दसैं बिदा हुन्छ । तर बन्दीप्रत्यक्षीकरण लगायतका अत्यावश्यक मुद्दाको सुनुवाइ भने जारी रहन्छ । सुनवाइका लागि निश्चित न्यायाधीशलाई जिम्मा दिने गरिन्छ ।