१० मंसिर २०८१, सोमबार
अफगानिस्तानमा तालिबान सरकारले महिलाहरुका लागि नयाँ प्रतिबन्धको घोषणा गरेको छ । तालिबान सरकारले अब अफगानिस्तानमा महिलाले टेलिभिजनहरु सिरियल(नाटक)मा काम गर्न रोक लगाएको छ । महिला पत्रकार र प्रेजेन्टर्सलाई पनि स्क्रिनमा हेडस्कार्फ लगाउन पनि निर्देशन दिएको छ। तर उक्त आदेशमा कस्तो खालको हेडस्कार्फ लगाउने भन्ने उल्ल्ख गरिएको छैन ।
पत्रकारहरुका अनुसार केही नियम निकै अस्पष्ट रहेको छ र त्यसको व्याख्या गर्न आवश्यक छ । यस वर्ष अमेरिकी सैनिक फिर्ता भएपछि तालिबानले अफगानिस्तानमा नियन्त्रण गरेको थियो । तालिबानको कब्जाका साथ उनीहरुले पहिलेकै जस्तो शासन व्यवस्था लागू गर्ने आशंका गरिएको थियो। खास गरेर महिलाका लागि कठोर प्रतिबन्ध लागू गर्न सक्ने आकलन गरिएको थियो ।
तालिबानले सत्ता सम्हाल्ना साथ किशोरी र महिलाहरुलाई घरमा बस्न निर्देशन दिइएको थियो। १९१०को दशकमा पछिल्लो शासनका बीचमा तालिबानले महिला र स्कुल कलेज, कार्यालय जान प्रतिबन्ध लगाइएको थियो ।