कोरोनाले अमेरिकामा ज्यान गुमाउनेको सङ्ख्या सङ्ख्या ८ लाख

होमल्याण्ड खबर

२०७८ मंसिर २९ गते, बुधबार ११:५५ मा प्रकाशित

अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ८ लाख पुगेको छ । सोमबार कूल सङ्क्रमितको आँकडा ५ करोड पार गरेसँगै मृतकको सङ्ख्याले सो सङ्ख्या पार गरेको हो ।

मृतकमध्ये धेरै खोप नलगाएका र बृद्धबृद्धा रहेका छन् । सन् २०२० भन्दा सन् २०२१ मा धेरै अमेरिकी नागरिकले ज्यान गुमाएको तथ्याङ्कले देखाएको छ । अमेरिकामा पछिल्लो समय कोरोना सङ्क्रमणबाट ज्यान गुमाउने सङ्ख्या तीव्र वृद्धि देखिएको छ । पछिल्लो १ लाख जनाले ११ हप्ताको अन्तरमा ज्यान गुमाएका छन् ।

गत जाडो मौसममा पहिलोपटक फाइजरको खोप लगाउने अनुमति दिएयता मात्र ३ लाख थप अमेरिकी नागरिकले ज्यान गुमाइसकेका छन् । सन् २०२१ को अप्रिलमा थप दुई खोप, मोर्डना र जोनजन एन्ड जोनसन, लाई प्रयोगको अनुमति दिइएको थियो ।

८ लाख जनसङ्ख्या बोस्टन र वासिङ्टन डिसीजस्ता सहरको कूल जनसङ्ख्याभन्दा बढी हो कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्यामा अमेरिकामा विश्वकै शीर्ष स्थानमा रहेको छ । दोस्रो विश्वयुद्धभन्दा पनि बढीले कोरोना महामारीका दौरान ज्यान गुमाइसकेका छन् । अमेरिकापछि कोरोनाबाट धेरै ज्यान गुमाउने देशमा ब्राजिल र तेस्रोमा भारत रहेको छ ।