२ जेष्ठ २०८३, शनिबार
नेपालमा थप एकजनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिन स्विकन्सिङ गर्दा ५८ वर्षीय पुरुषमा ओमिक्रोन भेरियन्टको सङ्क्रमण भेटिएको पुष्टि भएको जानकारी दिएको छ ।
मन्त्रालयको प्रवक्ता डा. संगीता मिश्राले ओमिक्रोन भाइरस पुष्टि भएका ती पुरुष होम आइसोलेसनमा रहेको र तीनको कन्ट्रयाक्ट ट्रेसिङ गरिएको जानकारी दिइन् ।


यसअघि नेपालमा गत मंसिर २० गते दक्षिण अफ्रिकाबाट आएका दुई जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको थियो