नेपालमा थप एकजनामा ओमिक्रोन संक्रमण पुष्टि

होमल्याण्ड खबर

२०७८ पुष ७ गते, बुधबार १७:२० मा प्रकाशित

नेपालमा थप एकजनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिन स्विकन्सिङ गर्दा ५८ वर्षीय पुरुषमा ओमिक्रोन ​भेरियन्टको सङ्क्रमण भेटिएको ​पुष्टि भएको जानकारी दिएको छ ।

मन्त्रालयको प्रवक्ता डा. संगीता मिश्राले ओमिक्रोन भाइरस पुष्टि भएका ती पुरुष होम आइसोलेसनमा रहेको र तीनको कन्ट्रयाक्ट ट्रेसिङ गरिएको जानकारी दिइन् ।

यसअघि नेपालमा  गत मंसिर २० गते दक्षिण अफ्रिकाबाट आएका दुई जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको थियो