३० फाल्गुन २०८२, शनिबार
नेपाली कांग्रेसको प्रदेश २ कार्यसमिति चयन गर्न जारी मतदानमा हालसम्म ९७७ मत खसिसकेको छ । जनकपुरधामस्थित गोपाल धर्मशालामा बिहान करिव साढे ९ बजेदेखि जारी निर्वाचनमा अहिलेसम्म सो संख्यामा मत खसेको हो ।
कांग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयन गर्न पार्टी सभापति शेरबहादुर देउवा पक्षका कृष्णप्रसाद यादव र निधि–कोइराला पक्षबाट रामसरोज यादवबीच प्रतिस्पर्धा भइरहेको छ ।


मतदानमा १ हजार ९८० जना प्रतिनिधि सहभागी रहेको निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिए ।