१० मंसिर २०८१, सोमबार
भारतले स्वास्थ्यकर्मी र ६० वर्षभन्दा माथिका व्यक्तिका लागि बुस्टर डोजको घोषणा गरेको छ ।
आगामी ३ जनवरीदेखि बालबालिकाहरू (१५ देखि १८ वर्ष उमेरका)लाई कोभिडविरुद्धको खोप दिनेतयारी छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार देशवासीका नाममा सम्वोधन गर्दै बालबालिकालाई खोप दिने घोषणा गरेका हुन् ।
भारतमा १५ देखि १८ वर्ष उमेर समूहका बालबालिकाको संख्या करिब ८ करोड रहेको बताइएको छ। नयाँ वर्षको जनवरी ३ बाट बालबालिकालाई यो खोप लगाउन थाल्नेसमेत बताएका छन् ।