पदाधिकारीबारे छलफल गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

होमल्याण्ड खबर

२०७८ पुष १८ गते, आईतवार १२:०६ मा प्रकाशित

माओवादी केन्द्रको स्थायी समिति बैठक अहिले बस्दै छ । केन्द्रीय पदाधिकारी छनोटबारे छलफल गर्न बैठक बोलाइएको हो । पार्टीको जारी आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिबार निर्वाचन प्रक्रिया सुरु भएपनि सहमतिकै आधारमा केन्द्रीय समिति चयन गर्ने भन्दै निर्वाचन प्रक्रिया आइतबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो ।

त्यसपछि नेताहरु विभिन्न औपचारिक र अनौपचारिक छलफल जुटेका छन् । स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलका अनुसार पहिला केन्द्रीय समिति घोषणा गरेर पदाधिकारी समेत घोषणा गर्दा राम्रो हुने सुझाव आएको छ ।

त्यसैअनुसार तयारी भइरहेको उनको भनाइ छ । माओवादी विधानमा अध्यक्षसहित १५ सदस्यीय पदाधिकारीको व्यवस्था छ ।