एकीकृत समाजवादीले टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार

होमल्याण्ड खबर

२०७८ पुष १९ गते, सोमबार १७:०७ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभाका ५ उम्मेदवारको नाम टुंगो लगाएको छ। सो पार्टीको केन्द्रीय सचिवालयको बैठकले उम्मेदवार छनोट गरेको हो ।

एकीकृत समाजवादीका प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाका अनुसार प्रदेश १ बाट जयन्ती राई, वाग्मतीबाट गोमा तिमल्सिना, लुम्बिनी प्रदेशमा राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहोरा, सदूरपश्चिमबाट मदनकुमार (गरिमा) शाहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।