३० फाल्गुन २०८२, शनिबार
एमाले संगठन विभागले जिल्ला कमिटीसम्बन्धी तीन बुँदे मापदण्ड ७७ वटै जिल्लामा सर्कुलर गरेको छ । कमिटीसम्बन्धी मापदण्डअनुसार पदाधिकारी हुनका लागि दुई कार्यकाल जिल्ला कमिटीमा काम गरिसकेको वा एक कार्यकाल सचिवालयमा सदस्य भई काम गरिसकेको हुनुपर्ने छ ।
त्यस्तै, सदस्यका लागि जिल्ला कमिटी, जिल्ला विभाग वा एक तह मुनिको कमिटीमा कम्तीमा एक कार्यकाल पूरा गरेको हुनुपर्ने छ ।


यस्तै, एकता एकीकरणबाट पार्टीमा समाहित भएकाको हकमा भने विधानको धारा ६३ (११) अनुसारको हुने छ । एमालेको जिल्ला अधिवेशन यही २३ पुसमा हुँदै छ । अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने छ ।