११ मंसिर २०८१, मंगलवार
आइतबार काठमाडौँको काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय निशान खड्काको हत्या भएको छ । सोमबार प्रहरी एक विज्ञप्ति जारी गरी उनको हत्या भएको पुष्टि गरेको हो ।
सिन्धुपाल्चोकको ज्यामिरे ९ स्थायी घर भएका गणेशबहादुर खड्का र चमेली खड्काका नाबलक छोरा निशानलाई आइतबार साँझ ४ बजेर ३० मिनेट जाँदा अपहरणकारीहरुले अपहरण गरेका थिए ।
प्रहरीका अनुसार त्यसको ४ घण्टापछि बालककी आमालाई अपहरणकारीहरुले फोन गरेर ४० लाख फिरौती मागेका थिए ।
त्यसलगत्तै अपरहणकारीको खोजीमा लागेको प्रहरीले सोमबार ठिमी नगरपालिका–९ स्थित स्थानीय श्याम लवटको निर्माणधीन घरमा अपरहरित बालक निशानको शव फेला पारेको थियो ।
निशानका बुबा गणेश बैदेशिक रोजागारीको क्रममा विदेशमा रहेको जनाइएको छ । अपहरणमा संलग्न भएको आरोपमा आइतबार प्रहरीले दुई अपहरणकारीमाथि इन्काउन्टर गरिसकेको छ ।