बालक हत्या प्रकरणः ४० लाख फिरौतीमा सहमति भएको थियो

होमल्याण्ड खबर

२०७५ श्रावण २१ गते, सोमबार १७:२५ मा प्रकाशित

आइतबार काठमाडौँको काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय निशान खड्काको हत्या भएको छ । सोमबार प्रहरी एक विज्ञप्ति जारी गरी उनको हत्या भएको पुष्टि गरेको हो ।

सिन्धुपाल्चोकको ज्यामिरे ९ स्थायी घर भएका गणेशबहादुर खड्का र चमेली खड्काका नाबलक छोरा निशानलाई आइतबार साँझ ४ बजेर ३० मिनेट जाँदा अपहरणकारीहरुले अपहरण गरेका थिए ।

प्रहरीका अनुसार त्यसको ४ घण्टापछि बालककी आमालाई अपहरणकारीहरुले फोन गरेर ४० लाख फिरौती मागेका थिए ।

त्यसलगत्तै अपरहणकारीको खोजीमा लागेको प्रहरीले सोमबार ठिमी नगरपालिका–९ स्थित स्थानीय श्याम लवटको निर्माणधीन घरमा अपरहरित बालक निशानको शव फेला पारेको थियो ।

निशानका बुबा गणेश बैदेशिक रोजागारीको क्रममा विदेशमा  रहेको जनाइएको छ । अपहरणमा संलग्न भएको आरोपमा आइतबार प्रहरीले दुई अपहरणकारीमाथि इन्काउन्टर गरिसकेको छ ।