३० फाल्गुन २०८२, शनिबार
राप्रपाका पूर्वअध्यक्ष कमल थापाले सिंहदरबार पुगेर पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आज सिंहदरबार पुगेर उनले सिंहदरबारको मूल गेट अगाडी रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न आयोजना गरिएको कार्यक्रममा सहभागी भएर थापाले शाहको शालिकमा माल्यार्पण गरेका छन् ।

