१ चैत्र २०८२, आईतवार
बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनअन्तर्गत प्रदेश १ को महिलातर्फ सत्तारूढ पाँच दलीय गठबन्धनकी जयन्ती राई विजयी भएकी छन्।
नेकपा (एकीकृत समाजवादी)की उम्मेदवार राईले एमालेकी सुमित्रा भण्डारीलाई पराजित गरेकी हुन् । राईले भण्डारीलाई ३ सय ३० मतभार अन्तरले पराजित गरेको बताइए पनि आधिकारीक मतभार केहीबेरमा सार्वजनिक गरिनेछ ।

