सहिद हरुले देखाएको बाटोमा सबै राजनीतिक दल हिड्नु पर्छ: मधु आचार्य

होमल्याण्ड खबर

२०७८ माघ १६ गते, आईतवार ११:२३ मा प्रकाशित

आज माघ १६ गते अर्थात् शहीद दिवस, देश र जनताको हित अनि अधिकारका लागि जीवन त्याग गर्ने शहीद प्रति श्रद्धा र सम्मान गर्दै देशभर शहीद दिवस मनाइँदैछ । यो दिन देश र जनताका लागि आफ्नो जीवनकै बलिदानी दिने ती महान् शहीदलाई सम्झिने र उनीहरूले देखाएको सत्मार्गमा लाग्ने प्रण गर्ने दिन ।

यसै अवसरमा सुशील कोइराला सोसलिष्ट युथ सर्कल काभ्रेपलान्चोक जिल्ला समिति ले जुम भर्चुअल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम को सभापतित्व समितिका सचिव ई. कमार तिमल्सिना ले गरेका थियो , कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेस का केन्द्रीय सदस्य मधु आचार्य रहेका थिए । विशिष्ट अतिथिमा सर्कल का केन्द्रीय अध्यक्ष तारा बहादुर थापा, पांचखाल नगरपालिका का मेयर महेस खरेल थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मधु आचार्यले सहिद हरले देखाएको बाटोमा नेपाल का सबै राजनीतिक दलहरु हिड्नु पर्ने बताए । देश र जनताको सुन्दर भविष्यको कामना गर्दै नेपालमा सयौं व्यक्तिले ज्यानको आहुति दिए तापनि ती अमर शहीदका कैयौं सपना अझै पूरा हुननसकेको उहाँ को भनाई छ । उक्त कार्यक्रम को सञ्चालन कोषाध्यक्ष स्मृति घिमिरे ले गर्नुभएको थियो ।